दाङ, चैत १४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोधमा बंगलादेशमा प्रर्दशन भएको छ । उक्त प्रर्दशनका क्रममा प्रहरीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुगेपछि प्रदर्शनहरु भएका थिए ।
शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको आक्रमणबाट घाइते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बिबीसीले जनाएको छ ।
प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा भएको विरोध प्रदर्शन र झडपमा परेर पत्रकारहरू समेत घाइते भएको बिबीसीले जनाएको छ ।
बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो ।
झडपमा परि एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ। हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लगाएका छन् । तर, त्यसबारे बारे स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ ।
केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए ।