२०८३ असार १३ गते शनिवार

काठमाडौंमा आगलाजीमा परि एकको मृत्यु, दूई घाइते

काठमाडौं, मंसिर २ । काठमाडौंको कपन बालुवाखानी चोकमा एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

स्थानीय नारायणबहादुर बस्नेतको सोमबार राति भएको आगलागीमा परि डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका – ५ घर भएका कृष्णबहादुर तामाङको जलेर मृत्यु भएको छ । 

तामाङकी ३५ वर्षीया  बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ घाइते भएका छन ।  उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। 

बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन । तामाङको कोठामा विद्युत सर्ट भएर  आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 

 दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा सोमबार राति करिब दुई बजे आगलागी  नियन्त्रणमा आएको थियो।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *