
तुलसीपुर, मंसिर १ । तुलसीपुरमा सवारी दूर्घटना हुँदा बहिनीको मृत्यु भएको छ भने दाजु घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरी निवासी २२ बर्षीया मनिसा लामिछानेको मृत्यु भएको छ । उनका दाजु २४ बर्षीय विराज लामिछाने घाइते भएका छन् ।
रा १ प ६७२१ नम्वरको मोटरसाईकलबाट विजौरीबाट तुलसीपुर तर्फ आउँदै गरेका उनीहरुलाई तुलसीपुरवाट विजौरी तर्फ जाँदै गरेको लु अ.अ. क. ३९४६ नम्बरको स्कार्पियोले दिउँसो सवा १२ बजेतिर तुलसीपुर ६ हात्तिखौवा चोक नजिकै ठक्कर दिएको थियो ।
गम्भीर घाइते दुबै दाजु र बहिनीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको थियो ।
उपचारको क्रममा बहिनीको बेलुका साढे ५ बजेतिर मृत्यु भएको र दाजुको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
मनिसा रेडियो हाम्रो पहुँचकी प्राविधिक हुन । उनी टिका लगाएर रेडियोमा आउँदै गर्दा दूर्घटनामा परेकी थिइन । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
