२०८३ असार १३ गते शनिवार

२० हजार नगदसहित साहित्यकार चौधरी सम्मानित


तुलसीपुर, कात्तिक २९ । मानव अधिकार तथा शान्ति समाजले श्रीप्रसाद दाहाल श्रष्टा सौगातबाट साहित्कार बालिका चौधरीलाई सम्मान गरेको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११२आंै जन्मजयन्तिको अवसर पारेर शनिवार समाजले तुलसीपुरका एक कार्यक्रमका बचि उनलाई सम्मान गरेको हो ।

नेपाली तथा थारु साहित्यमा योगदान पु¥याए बाफत चौधरीलाई सम्मान पत्रसहित २० हजार रुपंैया नगद प्रदान गरिएको छ । चौधरीका गीत,गजल र पुस्तकहरु प्रकासित छन् ।

दाङ शाखाका कार्यबाहक सभापति तुलसीराम सुनारको सभापत्वि एवं बरिष्ठ साहित्यकार गदाधर पौड्ेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले मानव अधिकार तथा शान्ति समाजले मानव अधिकार,लोकतन्त्र,शान्ति र अहिंसाको पक्षमा अभियान सञ्चालन गर्दै आएको बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *