दाङ,कात्तिक २६ । पश्चिम दाङको कट्कुँइयामा रोकि राखेको बसमा मोटरसाईकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
पछिाड सवार अर्का घाइते भएका छन् ।
दूर्घटनामा परि बबई गाउँपालिका वडा नं.६ कट्कुँईयाका ४६ बर्षीय चित्रबहादुर डाँगीको मृत्यु भएको छ ।
मोटरसाईकलको पछाडि सवार सोही ठाउँका ४० बर्षीय मानबहादुर देवकोटा घाइते भएका छन् ।
घाईते मोटरसाईकल चालकको उपचारका लागि तुलसीपुर तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलक शर्माका अनुसार मोटरसाईकलको पछाडि सवार देवकोटालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।
बबई गाउँपालिका ७ मठेउरीदेखि तुलसीपुर तर्फ आउँदै गरेको ना ३ ख ६३१० नम्वरको यात्रुबहाक बसमा सोही दिशा तर्फ आउँदै गरेको रा ४ प ४८६ नम्वरको मोटरसाईकल बुधवार विहान साढे ९ बजेतिर पछाडिबाट ठोकिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।
बस र चालक प्रहरी नियन्त्रणमा छन् ।