२०८३ असार ६ गते शनिवार

दाङका १ र बर्दिया २ गरि एकैदिन कोरोनाबाट ३ जनाको मृत्यु

दाङ,कात्तिक २४ । दाङका एक र बर्दियाका दूई जना गरि एकैदिन कोरोना संक्रमित तीन जनाको बाँकेमा मृत्यु भएको छ ।

दाङको घोराही उपमाहानगरपालिका वडा नं. १५ निवासी ६४ बर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा सोमबार बेलुका मृत्यु भएको छ । 

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी आइतवार राति १२ बजेतिर दाङबाट गएर भेरी अस्पतलामा भर्ना भएका थिए । 

उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि आशंका लागेर पिसिआर परीक्षण गर्दा  सोमवार विहान १० बजे कोरोना संक्रमन पुष्टि भएको थियो । 

स्वाशप्रश्वासमा समस्या उत्पन्न भएपछि उनको सोमवार बेलुकी ९ बजेर ९ मिनेट जाँदा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । 

त्यस्तै  बर्दियाका अर्का एक ३५ बर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमवार बेलुका बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । उनी बाँसगढी नगरपालिका वडा नं. ८ का बासिन्दा हुन । 

चोट लागेर खुट्टाको जोर्नी खुस्केको समस्या लिएर उनी कात्तिक २३ गते नेपालगञ्जस्थित वस्टर्न अस्पतालमा भर्ना भएका थिए । 

आशंका लागेर पिसिआर परीक्षण गर्दा उनको बेलुका ५ बजे रिपोर्ट पोजेटिभ आएको र बेलुका सवा ८ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

स्वासप्रश्वासमा एक्कासी समस्या उत्पन्न भएर उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

त्यस्तै  बर्दियाको  ठाकुरद्धारा नगरपालिका वडा नं. २ निवासी २९ सोमवार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । 

सोमवार विहान मात्रै स्वाब संकलन गरिएको भएपनि  बेलुका ६ बजे मात्रै उनको रिपोर्ट पोजेटिभ आएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए   

मृतक तीनै जनाको बाँकेमै शव व्यवस्थापनको तयारी गरिएको फोकल पर्सन श्रेष्ठले बताए । 

यो सहित हालसम्म बाँकेमा ६७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले बताए । 

जसमा बाहिरी जिल्लावाट उपचारका लागि बाँके लगिएका ३२ जना र बाँके जिल्लाका थप ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *