बुटवल, कार्तिक १९ । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा ५ जना मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी,२९ वर्षीय तुलबहादुर सारु र ४३ वर्षीय सुनबहादुर पुलामी रहेको प्रहरीले जानकारी दिएको छ ।
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ३ सखुवा भन्ने स्थानमा दिउँसो ५ बजे सुख्खा पहिरो खसेपछि उनीकहरुको पुरिएर मृत्यु भएको हो ।
बुलिङ्गटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा झरेको सुख्खा पहिरोले गर्दा उनीहरु पुरिएका थिए । मृत्यु हुने सबै बुलिङ्टार वडा नं ४ अर्खला ढुँग्रे गाउँका श्रमिक हुन ।
सडक निर्माणका क्रममा ७ जना मजदुरहरुले जालिमा ढुंगा भर्दै थिए । अकस्मात खसेको पहिरोमा परेका अन्य २ जनालाई भने प्रहरी र स्थानीयले उद्धारका थिए । हाल पुर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पाको राम्दीसम्म १ सय ३० कि.मि. सडक निर्माणको काम जारी छ ।