२०८३ असार ६ गते शनिवार

घोराहीका घिमिरेलाई बहुमूल्य नागमणि भन्दै करोड बढी ठगी

दाङ,कात्तिक १८ । दाङ घोराहीका एक व्यक्तिबाट बहुमूल्य नागमणि भन्दै झन्डै करोड बढी रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी  माधवप्रसाद घिमिरेलाई एक करोड ८९ लाख ५० हजार रुपैया ठगी गरेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरि मंगलवार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं. ५ निवासी ३१ बर्षीय  कृष्ण शाह, शारदा नगरपालिका वडा नं. ९ निवासी ३० बर्षीय डिल्लीबहादुर बोहरा र दैलेख जिल्लाको  नौमुरे गाउँपालिका वडा नं. ४ निवासी ३५ बर्षीय धनबहादुर रोका रहेका छन् । 

बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले उनीहरुलाई कात्तिक १५ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट ४० लाख नगदसहित  पक्राउ गरिएको जानकारी दिए ।  

 तीन जना मिलेर एउटा सानो चम्किलो बस्तु देखाएर  घिमिरेलाई भ्रममा पारी उनीहरुले उक्त रकम ठगी गरेको एसपी रानाले बताए । 

नागमणि आफुसंग राख्दा व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयू लामो हुने र घर परिवारमा सुख शान्ति र संम्बृद्धि हुन्छ भन्ने विश्वास दिलाएर उनीहरुले घिमिरेलाई ठगी गरेको एसपी रानाले बताए । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार यसरी ठगी गर्ने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *