२०८३ असार ६ गते शनिवार

घोराहीका ७० बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु 

दाङ,कात्तिक १५ । घोराहीका ७० बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० बर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार विहान ५ बजे मृत्यु भएको हो । 

उनी  कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई  कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो । 

बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको मृत्यु भएको हो । 

यो संगै बाँके जिल्लामा हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भएको छ ।जसमा बाहिरी जिल्लावाट उपचारका लागि लगिएका १८ जना र बाँके जिल्लाका मात्रै थप ३० जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *