दाङ,कात्तिक १३ । बाँके प्रहरीले ठूलो धनराषीसहित पक्राउ परेका दश जुवाडेको नाम सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी सञ्तोष थापा, नविन घिमिरे, पब्लु भण्डारी,सञ्तोष वली र कृष्णबहादुर सुवेदी रहेका छन् ।
त्यस्तै नेपालगञ्ज वडा नं. १ निवासी रहमान मिया, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ७ का रविन राणा, नेपालगञ्ज वडा नं. १० का टोपबहादुर शाही र तरुण गौतम रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी ४६ बर्षीय कृष्णप्रशाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधवार बेलुका साढे ८ बजे प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथवाट प्रहरीले २९ लाख ४८ हजार ७ सय रुपैंया नगद बरामद भएको जानकारी दिएको छ ।
उक्त जुवामा छापा मार्न बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफै गएका थिए ।
