२०८३ बैशाख १४ गते सोमवार

सोसोन दाङको अध्यक्षमा शर्मा

दाङ, असोज १५। सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल (SOSON) दाङ गठन गरिएको छ । सामाजिक अध्ययन विषय संग सम्बन्धित जिल्ला स्तरमा छरिएर रहेका शिक्षक तथा सरोकारवाला सहित को सम्पन्न जिल्ला स्तरिय जुम बैठक ले श्रीधर शर्मा अध्यक्ष रहेको १७ सदस्यीय सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल दाङ शाखा गठन गरेको हो ।

जसको उपाध्यक्ष हिमाल प्रकाश अधिकारी,सचिब प्रदिप चन्द,कोषाध्यक्ष मा पवित्रा केसी रहेका छन । त्यसैगरी सदस्यहरुमा धन बहादुर पुन,पदम प्रसाद आचार्य,जगत रोका,मनकली बुढा,बिस्णु माया बोहरा लाई चयन गरिएको छ। त्यस्तै आमन्त्रीत सदस्य हरुमा भिम बहादुर केसि,राम प्रसाद खनाल,बिनोद कुमार गुप्ता, गङ्गा राम घर्ती,दिपक गौतम,दिपा ओलि,नव राज भण्डारी र लोक बहादुर बुढा रहनु भएको दाङ शाखा सचिव प्रदिप चन्दले जानकारी दिए ।

त्यस्तै बैठक ले राम प्रसाद जैसी सयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसको सल्लाहकार सदस्यमा राजेन्द्र बहादुर बस्नेत,र उद्वव न्यौपाने रहेका छन ।

जुम बैठक पद्मोदय पब्लिक नमुना माबी भरतपुरका प्रधानाध्यापक राम प्रसाद जैसी को अध्यक्षता तथा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्ट को प्रमुख आतिथ्य मा भएको थियो। उद्वव न्यौपानेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरु ले रास्ट्रीय शिक्षाको १२ वटै उदेश्य संग सामाजिक अध्ययन विषय सम्बन्धित भएकाले असल नागरिक उत्पादन गर्न यस संग सम्बन्धित ब्यक्तिहरु संस्थागत गर्नु पर्नेमा जोड दिएका थिए ।

उनिहरुले शिक्षक हरुको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका थिए । सो अबसरमा कार्यक्रम का प्रमुख अतिथी सोसोनका केन्द्रिय अध्यक्ष बिष्ट, उपाध्यक्ष धुर्व राज थापा,महासचिव ज्ञान बहादुर अधिकरी, कोषाध्यक्ष सुशिला ढकाल,केन्द्रिय सदस्य तथा शाखा बिस्तार समितिका सयोजक दामोदर न्यौपाने, नेपाल शिक्षक महासघ दाङका अध्यक्ष अमर खड्का लगाएत आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन सचिव प्रदिप चन्दले गरेका थिए।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *