२०८३ कार्तिक १२ गते बुधवार

तरुण कप फुटसल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत,
तुलसीपुर दाङ, असोज ८।दाङको तुलसीपुरमा तरुण कप फुटसल प्रतियोगिता २०७७ हुने भएको छ ।  तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संचालन गरिन लागेको फुटसल प्रतियोगिता यहि  असोज १५ गतेदेखि सुरु हुुनेछ ।

स्थानिय स्तर मा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ६ टिम को सहभागिता रहनेछ ।

नेपाल तरुण दल को वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिता का खेलहरु बिश्वब्यापी रुपमा फैलिएको कोरोना  भाईरस सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै  तुलसिपुर ६ मा रहेको द लेजेन्ड फुटसल ग्राउन्ड मा खेलाईने  आयोजक तरुणदलतुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष  सुनिलबाबु डाँगीले जानकारी दिए  ।यसैविच आयोजकले प्रतियोगिताकोतयारीलाई तिव्र पारेको बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *