२०८३ जेष्ठ १७ गते आइतवार

मोटरसाईकलको ठक्करबाट ८ वर्षीय बालिका गम्भिर घाईते

तुलसीपुर,भदौँ ७ । पश्चिम दाङको बाँकामा मोटरसाईकलले ठक्कर दिदा ८ बर्षीय बालिका गम्भिर घाईते भएकी छन् ।

आइतवार तुलसीपरबाट श्रीगाउँ जाँदै गरेको रा३प १६ नम्बरको मोटरसाईकलले दंगीशरण गाउँपालिका–७ बाँकामा ठक्कर दिदा सोही ठाउँ निबासी बुद्धिराम कुमालकी ८ बर्षकी छोरी सरिता कुमाल गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

उनका अनुसार गम्भिर घाईते बालिकाको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *