
दाङ, साउन ३२ । सल्यानमा मास्क नलगाउनेहरुलाई कारवाही गर्दा १ लाख ५९ हजार बढी राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार आइतवार सम्म मास्क नलगाउनेहरुलाई कारवाही गर्दा १ लाख ५९ हजार २ दूई सय रुपैंया राजश्व संकलन भएको छ ।
प्रहरीले मास्क नलगाई हिडेको देखे प्रति व्यक्ति एकसय रुपैंया जरिवाना गराउँदै आएको छ । असार अन्तिम सातावाट सल्यानमा प्रहरीले मास्क नलगाउनेहरुलाई आर्थिक कारवाही गर्न थालेको थियो । जस अन्तरगत साउन ३२ गते सम्म १ हजार ५ सय ९२ जना कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार