२०८३ मङ्सिर ७ गते आइतवार

रुपन्देहीमा कार दूर्घटना – ३ जनाको मृत्यु, १ घाइते

दाङ, साउन २४ । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थितहुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्वरको  कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृतक तीन मध्य यो खवर तयार पार्दा सम्मरुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुर निवासी २६ वर्षीय देवेन्द्र चौधरीकोमात्रै पहिचान भएको प्रहरीले बताएको छ । अन्य दूई जनाको पहिचान हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारीदिएको छ ।

दूर्घटनाका घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादवको उपचार भइहरेको छ । कारमा सवार४ जना सवार थिए ।  भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको थियो ।

परासीबाट भैरहवातर्फ आउँदै गरेको उक्त कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । कारसडकबाट १० मिटर तल खसेको छ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *