२०८३ असार १३ गते शनिवार

ब्राउन सुगरसहित दुई युवा पक्राउ


दाङ, साउन १५ । प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित बाँकेमा दूई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ नौबस्ता बैरहवा निवासी २२ बर्षीय आशिष थारु र सोही ठाउँका २१ बर्षीय राहुल गुप्तालाई १ ग्राम ६ सय ६५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काले पैदल हिडिरहेका उनीहरुलाई आशंका लागेर बुधवार राति नौ बजेतिर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त ब्राउन सुगर बरामद भएको जानकारी दिएका छन् । पक्राउ परेका थारु र गुप्ता विरुद्ध आगु औषध विरुद्धको कसुरमा मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्कालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *