
काठमाडौं, जेठ ३१ । वीरगन्जमा वेवारिसे अवस्थामा मृत फेला परेका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।गत जेठ २८ गते वेवारिसे अवस्थामा अन्दाजी २४÷२५ बर्षका युवक घण्टाघर क्षेत्रमा मृत अवस्थामा भेटिएका थिए ।
त्यसपछि उनको स्वाब परीक्षण गरिएको थियो । शुक्रबार बेलुका प्राप्त परीक्षण रिपोर्ट अनुसार उनमा कोरोना संक्रमन भेटिएको छ । कोरोना पुष्टि भएपछि ती युवकको अन्तेष्टि कार्यविधि अनुसार गरिने भएको छ । मृतकको ठेगाना भने खुल्न बाँकी नै रहेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
