२०८३ बैशाख १८ गते शुक्रवार

बाँके दुर्घटना अपडेट– चालकसहित १२ जनाको मृत्यु


दाङ, जेठ १९ । बाँकेमा फोर्स गाडी रोकिराखेको ट्रकमा ठोक्किदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालकसहित भारतवाट घर फर्किरहेकाहरु रहेका छन् । ११ जनाको घटनास्थलमा र थप एकजना पुरुषको उपचारका क्रममा भेरी अस्पतलामा मृत्यु भएको हो । मृतक मध्य एकजना महिला पनि छन् । घाइते मध्य चार जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्ने रहेको र अन्य १४ को अवस्था मध्यमरहेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार मृत्युहुनेहरु दाङ,सल्यान, रोल्पा र सुर्खेतका पनि रहेका छन् । चालक सुर्खेतका रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । यद्यपी यो खवर तयार पार्दासम्म कसैको पनि सनाखद हुन सकेको छैन । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट दाङ हुँदै सल्यान तर्फ आउँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडीले पछाडीबाट ठक्कर दिदा उक्त दुर्घटना भएको हो । मृतक र घाइते सबैलाई भेरी अस्पतलामा लगिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *