
दाङ, जेठ १५ । भारतबाट घर फर्किने क्रममा जेठ १० गते मृत्यु भएका अर्घाखाँची जिल्लाका एकजना व्यक्तिको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ९ चरेपानीका निवासी ३४ बर्षीय ती युवाको मृत्यु भएको ६ दिनपछि रिपोर्ट पोजेटिभ आएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले फरककोणलाई बताए । उनको स्वाबको परीक्षण पिसिआर विधिवाट भैरहवामा गरिएको थियो ।
चन्द्रौटा नाका आइपुग्नु भन्दा ४÷५ घन्टा परैको भारतीय भूमिमा ती युवाको मृत्यु भएपनि कपिलबस्तु आएपछि मात्रै उनको स्वाब संकलन गरिएको थियो । ती व्यक्ति संग संगै आएका एकजना व्यक्तिले घर ल्याइ नपु¥याइ अर्घाखाँचीमा बीचमै शवको व्यवस्थापन गरिएको प्रजिअ पौडेलले जानकारी दिए । ती व्यक्ति क्वारेन्टिनमा बसेका छन् । उक्त दिन शव व्यवस्थापनमा खटिएका थप तीनजना पनि क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी बसमा संगै आएका अरु ५६ जनालाई पनि क्वारेन्टिनमा राखिएको प्रजिअ पौडेलले जानकारी दिए ।
