
दाङ, जेठ १० । नेपालमा शनिवार विहान थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै मुलुकमा संक्रमित संख्या ५ सय ४८ पुगेको छ।नयाँ संक्रमित मध्य दुई जना महिला र ३० जना पुरूष रहेका छन् ।
त्यसमा ८ जना कपिलवस्तुको वाणगंगा नगरपालिकाको छन् । १३ जना सर्लाही गोडैता र कविलासी नगरपालिकाका छन् । चितवनको भरतपुर–६ का एक र अर्का एक जना बारा करैयामाई गाउँपालिकाका रहेका छन् । एक ३५ वर्षीय पुरूष भने काठमाडौंका भएको खुल्न आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला–भैरहवा र भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशाला – भरतपुरमा गरिएको परीक्षणको रिपोर्ट अनुसार शनिवार विहान ३२ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार