२०८३ मङ्सिर १० गते बुधवार

पिकअपले मोटरसाईकललाई ठक्कर दिदा मामाको ज्यान गयो, भान्जा गम्भीर घाइते


तुलसीपुर,जेठ १ । दाङमा तरकारी बोकेको पिकअपले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ३० बर्षीय विशाल थापाको ज्यान गएको छ भने उनका १३ बर्षीय भान्जा हक्कि पुन गम्भीर घाइते भएका छन् ।

थापाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहान साढे ५ बजेतिर उपचारका क्रममा ज्यान गएको हो । गभ्भीर घाइते पुनलाई थप उपचारका लागि विहान ७ बजेतरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजका लागि रेफर गरिएको जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

विहीवार विहान साढे ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १० को जलौरा चोकमा थापाले चलाएको रा ५ प ३६८८ नम्वरको मोटरसाईकललाई तरकारी बोकेको ना ३ च ५९४५ नम्वरको पिकअपले ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

मोटरसाईकल तुलसीपुरवाट घोराही तर्फ जाँदै थियो भने पिकअप विपरित दिशा लमहीवाट तरकारी बोकेर तुलसीपुर तर्फ आउँदै गरेको थियो । पिकअपका चालक राजपुर गाउँपालिका वडा नं. ९ का २६ बर्षीय प्रदिप महरालाई नियन्त्रणमा लिइएको र घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *