२०८३ मङ्सिर १० गते बुधवार

लकडाउन उलंघनगरि चलाएको ट्रयाक्टर दुर्घटना, एक युवाको मृत्यु

तुलसीपुर, वैशाख १५ । दाङको देउखुरीमा लकडाउन उलंघन गरि चलाएको एक ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।लमही नगरपालिका वडा नं.  ५ कोलही भन्ने स्थानमा रा १ त ३४७० नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय अन्दाजी १९ बर्षीय  बिनेशचौधरीको मृत्यु भएको  छ ।

विहान ११ बजेतिर दुर्घटना पछि गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उद्धार गरि लमही अस्पतालमा पुर्याइएको भएपनि उनलाईचिकित्सकले ११ बजेर १० मिनेट जाँदा मृत घोषणा गरेका थिए ।

लकडाउन उलंघन गरि खोलावाट व्यक्तिगत प्रयोजनका लागि बालुवा ल्याउँदै गरेको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीलेबताएको छ । मृतक चौधरी सोही ट्रयाक्टरमा मजदुरको काम गर्दै आएका युवा हुन । ट्रयाक्टरमा चालकसहित अन्य दूईजना जति सवाररहेको भएपनि उनीहरुको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ । प्रहरीले चालकसहित ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *