२०८३ बैशाख १७ गते बिहिवार

भारतमा तीन जनाको हत्या, ११० जना पक्राउ


वैशाख ८ । भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या भएको छ। हत्याको अनुसन्धान गर्न प्रहरीले पालघरबाट १ सय १० जनालाई पक्राउ गरेको छ ।

पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक छन् ।

आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए । तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।

पालघर प्रहरीले हत्या आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् दिएको छ । प्रहरीले हत्याको अनुसन्धान जारी रहेको जनाएको छ ।एजेन्सी

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *