
तुलसीपुर, फागुन ३० । घोराहीवाट १ लाख साढे ७१ हजार बढी रकमसहित ९ जुवाडे पक्राउ परेका छन् । खाजा घर सञ्चालक समेत गरि दश जनालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ लखन पार्क नजिक रोल्पाली सृष्टि खाजा घरमा जुवा खेली रहेका गोप्य सूचनाको आधारमा शुक्रवार दिउँसो साढे चारबजे १ लाख ७१ हजार पाँचसय ८० रुपैंया सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरुमा घोराही १५ रतनपुर निवासी ३५ बर्षीय पदमबहादुर बुढा, घोराही १३ कमलघारी निवासी ३९ बर्षीय दुर्गालाल रोका, घोराही १८ मसिना निवासी ४३ बर्षीय फाले घर्ती, घोराही १४ पुरानो बसपार्क निवासी ५२ बर्षीय गनबहादुर घर्ती, घोराही १५ रतनपुर निवासी ३५ बर्षीय जनक पुन लगाएतका रहेका छन् ।
त्यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानी निवासी ५३ बर्षीय दुर्गा पुन, सोही वडाको निगालपानी निबासी होटेल सञ्चालक ३८ बर्षीया छबी पुन, वडा नं. ७ डुर्विङ निवासी ३९ बर्षीय रेशम रोका, सोही ठाउँकै ३२ बर्षीय सोमपाल बस्नेत, सोही ठाउँकै ४९ बर्षीय धनबहादुर घर्तीपनि जुवाको खालवाट पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी सुमित खड्काकाले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।