२०८३ असार १२ गते शुक्रवार

सल्यानमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते


सल्यान, मंसिर २० । सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार छत्रेश्वरी गाउँपालिका ४ बाट दाङ तर्फ आउँदै गरेको ना ५ ख २८९० नम्बरको बस कपुरकोट गाउँपालिका ५ को अरिंगयालेफेदी भन्ने स्थानमा दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचारकालागि लगिएको छ । अस्पतालले प्रशासनले दिएको जानकारी अनुसार घाइते मध्ये ८ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य ५ जनाको उपचार जारी रहेको छ ।

घाइते हुनेहरुमा शारदा नगरपालिका वडा नं. १ निवासी १९ वर्षीय प्रकाश रावत, छत्रेश्वरी ३ का १७ वर्षीया जानकी पुन, दाङ शान्तिनगर ६ का ४५ वर्षीया हिर्मी पुन, तुलसीपुर ९ की ३७ वर्षीया शारदा चौधरी, तुलसिपुर ३ की ५३ वर्षीया टीका गुरुङ रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरुमा सल्यानको छत्रेश्वरी ४ का ६६ वर्षीय वेदबहादुर खत्री, दाङको दंगिशरण ४ का ४३ वर्षीय एकलाल खड्का, दंगिशरण ६ की ४२ वर्षीया उमा पुन, दंगिशरण ३ का २४ वर्षीय भिमसेन केसी, सल्यानको छत्रेश्वरी ३ का १८ वर्षीय दिपक गिरी, ३१ वर्षीय चन्द्रबहादुर थापा, दाङ शान्तिनगर ६ की ५६ वर्षीया लक्ष्मी खत्री, तुलसीपुर ६ का २० वर्षीय विनोद वस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *