२०८३ भाद्र २५ गते बिहिवार

र्‍यापर ‘भिटेन’ पक्राउ

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो।

समाजमा अपाच्य अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए।

पछिल्लो समय ’हामी यस्तै त हो नी ब्रो गीतवाट चर्चामा आएका थिए । गीतमा प्रहरीलाई अश्लील गाली गरिएको छ । त्यस्तै प्रहरीचौकीमै रक्सी खाएर मस्ती गर्ने लगायतका शब्द पनि प्रयोग गरिएका छन् । भिटेनले हामी यस्तै त हो नी ब्रो नामक गीत भने युट्युबबाट हटाइसकेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *