२०८३ जेष्ठ ३१ गते आइतवार

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनभर तनाव (भिडियोसहित हेर्नुहोस)


दाङ, भदौ ११ । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔ’ अभियानले बुधवार दिउँसो प्रतिष्ठानमा ताला लगाएको छ । त्यहाँ ताला लगाउन अभियानका संयोजक विकिरण गौतम, अभियानका सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, महासंघका सचिव भूपेन्द्र वली, राप्ती पोष्ट दैनिकका प्रकाशक तथा सम्पादक शरद अधिकारी, महासंघका कार्यसमिति सदस्य नविन अभिलासी लगाएतका पुगेका थिए ।

त्यहाँ पुगेका आन्दोलनकारी तथा पत्रकारले पनि उपकुलपति डा. संगीता भण्डारीका विरुद्ध चर्का नारावाजी गर्दै राजीनामा माग गरेका थिए । ताला लगाउने क्रममा आन्दोलनमा उत्रिएका पत्रकार र प्रहरीका बीचमा पनि धकेला धकेल भएको थियो । त्यसलाई पत्रकारहरुले आँफुमाथि हातपात भएको भन्दै दोषारोपन गरेका छन् । त्यसवखत प्रहरीलाई समेत सामान्ने चोटपटक लागेको थियो । ‘तपाँईहरु पत्रकार भन्ने हो कि आन्दोलनकारी,’ एकजना प्रहरीले अधिकारीले भनेका थिए ।

त्यस भन्दा पहिले प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल माथि दुर्व्यवहार भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । उपकुलपति डा. संगीता भण्डारीले रजिष्टार प्याकुरेल माथि कार्यकक्षमै दुव्र्यवहार भएको भन्दै त्यसको विरोध गरिन । नेकपाका नेता बिवेक श्रेष्ठले रजिष्टार प्याकुरेल माथि हातपात तथा धुकेलेर लडाइ दिएको उपकुलपति भण्डारीले बताइन ।

आफ्ना पदाधिकारी माथि हातपात र दुरव्यवहार गरेको भन्दै प्रतिष्ठानले जिल्ला प्रहरी कार्यालयमा बुधवार नै किटानी जाहेरपनि दिएको उपकुलपति डा. भण्डारीले बताइन ।

प्रतिष्ठान बचाउ अभियानका संयोजक विविरण गौतम, सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेकपाका नेता विवेक श्रेष्ठका विरुद्ध किटानी जाहेरी दिएको भण्डारीले जानकारी दिइन । तर जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले भने यस विषयमा फरककोण संग अनभिज्ञता प्रकट गरे ।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *