२०८३ असार १३ गते शनिवार

विभिन्न दुर्घटनामा परि दाङमा १६ जना घाइते

दाङ, साउन २१ ।
बस दुर्घटनामा १४ जना घाइते
विभिन्न दुर्घटनामा परि दाङमा मंगलवार १६ जना घाइते भएका छन् । तुलसीपुरबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्वरको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी २३ बर्षीय सुदन पुन, तुलसीपुर १९ का २८ बर्षीय कमल खत्रीसहित थप १२ जना रहेका छन् । घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जेखोलामा ओभरटेक गर्ने क्रममा बस पल्टिएर १० मिटर तल खसेको थियो । चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी बाट घाइते
खाना पकाउने ग्याँस लिक हुँदा भएको आगलागी बाट तुलसीपुरमा एक महिला घाइते भएकी छन् । तुलसीपुर उपमहानरपालिका वडा नं. १२ टरिगाउँमा खाना पकाउने क्रममा रेगुलेटर लिक भइ भएको आगलागीका कारण ५५ बर्षीया ज्ञानु केसी घाइते भएकी छन् । विहान १० बजेतिर खाना पकाउँदै गर्दा भएको आगलागी बाट घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । केसीको अनुहार, घाँटी, दुबै हात, अगाडी कपाल जलेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी पछि निसासिएर घाइते
तुलसीपुरमै विद्युत सर्ट भइ ग्याँसमा आगलागी भएपछि निसास्सिएर अर्का एक व्यक्तिको उपचार भइरहेको छ । तुलसीपुर ५ रानी जरुवा निवासी ४० बर्षीय लालबहादुर विकको घरमा मंगलवार विहान विद्युत सर्ट भइ विद्युतमा आगलागेपछि उनी निसास्सिएर बेहोस भएको अवस्थामा उद्धार गरिएको थियो । उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको प्रहरीले बताएको छ । विहान ८ बजेतिर लागेको आगो साढे ८ बजेतिर नियन्त्रणमा आएको थियो ।

 

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *