२०८३ मङ्सिर ७ गते आइतवार

प्रधानमन्त्री शाह दुई दिने भारत भ्रमणका क्रममा भारतमा , राज्यमन्त्रीको स्वागत

दाङ, मंसिर ६ ।

प्रधानमन्त्री बालेन शाह आइतबार दुईदिने राजकीय भ्रमणका क्रममा छिमेकी देश भारतमा पुगेका छन् ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।

नेपालका प्रधानमन्त्री शाहलाई भारतमा राज्यमन्त्रीले स्वागत गरेपछि कुटनितिक रुपमा भारत सरकारले उनको भ्रमणलाई कमजोर आँकेको हुन सक्ने अनुमानहरु गर्न थालिएको छ ।
एक देशका प्रधानमन्त्री दोस्रो मुलुकको औपचारिक भ्रमणमा जाँदा विमानस्थलमा पाउने स्वागतको बिषय कुटनितिक रुपमा लिने गरिन्छ । त्यसले भ्रमण बारे दिएको महत्वको रुपमा बुझ्ने प्रचलन छ ।

बिगतमा नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारतको भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफै विमानस्थल पुगेका रेकर्ड छ ।
कोइराला २०६२ / ६३ को जनआन्दोलनपछि सन २००६ जुन ६ मा चारदिने भारत भ्रमणमा गएका थिए ।
जुन बेला १९ दिने जनआन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्य भएको थियो ।

१० बर्षे सशस्त्र आन्दोलन पछि पहिलो पटक नेकपा (माओवादी) का तत्कालिन सर्बौच्च कमाण्डर पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएपछि सन २००८ सेप्टेम्बर १४ मा भारत भ्रमणमा गएका थिए ।
उनलाई भारतीय गृह राज्यमन्त्री शकिल अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए ।
त्यसपछि सन २००९ अगस्ट १८ मा प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका तत्कालिन नेकपा एमालेका नेता माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री परनीत कौरले स्वागत गरेकी थिइन ।
त्यस्तै सन २०११ अक्टोबर २० मा चारदिने भारत भ्रमणमा जाँदा तत्कालिन माओबादीका नेता प्रधानमन्त्री बाबुराम भट्टराई स्वागत गर्न भारत सरकारका कुनै मन्त्री विमानस्थल गएका थिएनन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *