२०८३ असार १३ गते शनिवार

तुलसीपुरमा कांग्रेसको विरोध प्रदर्शन ‘स्मार्ट सिटी देखियो, अस्तव्यस्त भेटियो’


दाङ, साउन १९ ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका नगर समितिले आइतबार दिउँसो तुलसीपुरमा प्रदर्शन गरेको छ । तुलसीपुरको वीपी चोकबाट कांग्रेसको विरोध¥याली सुरु भएको हो । काँग्रेसका नेता कार्यकर्ताले बोकेका विभिन्न प्ले कार्डमध्य एउटा नारा ‘स्मार्ट सिटी देखियो अस्तव्यस्त भेटियो’ भन्ने थियो ।

प्रदर्शनमा नगरभित्र व्यापक अनियमितता भएको, जनताको ढाड सेक्ने गरी कर मात्रै बृद्धि गरिएको, किसानलाई खेतीको समयमा अति आवश्यक रासायनिक मल, बीउ उपलब्ध गराउन नसकेको, विकासका नाममा आफ्ना पार्टीका कार्यकर्तालाई पोस्ने काम मात्रै गरेकोजस्ता नाराहरु लागेका थिए ।

मेयर भारत भ्रमणमा रहेको समयमा काँग्रेसले विरोध प्रदर्शन गर्दै ‘टुरिष्ट मेयर चाहिदैन, कम्युनिष्ट सरकार मुर्दावाद’ भन्ने जस्ता नाराबाजी पनि गरेका थिए । ¥यालीका सहभागीहरुले तुलसीपुर क्षेत्रको असुरक्षा, फोहरमैलाको उचित व्यवस्थापन, छाडा चौपायाको व्यवस्थापन, सवारी साधनको व्यवस्थित पार्किङ र असारे विकास बन्द गर्नुपर्ने जस्ता नाराहरु लगाएका थिए ।

मेयर भारत भ्रमणमा रहेको समयमा काँग्रेसले विरोध प्रदर्शन गर्दै ‘टुरिष्ट मेयर चाहिदैन, कम्युनिष्ट सरकार मुर्दावाद’ भन्ने जस्ता नाराबाजी पनि गरेका थिए । ¥यालीका सहभागीहरुले तुलसीपुर क्षेत्रको असुरक्षा, फोहरमैलाको उचित व्यवस्थापन, छाडा चौपायाको व्यवस्थापन, सवारी साधनको व्यवस्थित पार्किङ र असारे विकास बन्द गर्नुपर्ने जस्ता नाराहरु लगाएका थिए ।


स्थानीय सरकारका काम कारवाहीप्रति असन्तुष्टीका साथ चर्को नारावाजी गर्दै बजारको परिक्रमा पछि तुलसीपुर उपमहानगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाइएको थियो । नगरको प्राङ्गणमा समेत कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । उनीहरुले कार्यबाहकको जिम्मेवारी सम्हालेकी उपप्रमुख माया आचार्यलाई विभिन्न सुधारसहितको १२ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

त्यसक्रममा उनीहरुले कांग्रेसले उठाएका सवालहरु सम्वोधन गर्न चासो नदिए थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका थिए । ज्ञापनपत्र बुझाएपछि तुलसीपुरको वीपी चोकमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो । नेपाली कांग्रेस तुलसीपुर नगर समितिका कार्यबाहक सभापति भिमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद गेहेन्द्र गिरीले सरकारले सुशासन प्रबद्र्धन गर्न नसकेको आरोप लगाए ।

स्थानीय सरकारको गठन भएको दुई वर्ष वितिसक्दासमेत तुलसीपुर बजारको मुख्य सडकमा विग्रिएको सडक बत्ती बनाउन कुनै चासो नदिएको, सिसी क्यामरा बिग्रेको लामो समय बितिसक्दा समेत त्यो मर्मत गर्न समेत चासो नदिएको भन्दै तुलसीपुर स्मार्ट सिटी नभई अस्तव्यस्त सिटी भन्नु उचित हुने नेता गिरीले तर्क गरे ।

‘हाम्रा मेयरसाप तुलसीपुरमा कम काठमाडौं र विदेशमा धेरै बस्ने टुरिष्ट खालको हुनुहुन्छ । उहाँलाई सायद यहाँको विकाससँग कुनै मलतव छैन कि भन्ने भान हुन थालेको छ’ गिरीले भनेका थिए । सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेस दाङका पूर्व सचिव शंकर गिरीले स्थानीय सरकार गठन भएपछि जनताले आफ्नै सरकारबाट सेवा सुविधाको विस्तार, शान्ति सुरक्षा, महंगी नियन्त्रण, कृषिका लागि सिंचाई कुलो, मल, बीउबिजनको सहज उपलब्धताको अपेक्षा गरे पनि सरकारले त्यो कुनैपनि कुरा दिन नसक्दा निकम्मा सावित भएको बताए ।

महासमिति सदस्य केशव आचार्यले महंगीले सर्वसाधारण जनतालाई साँझ बिहानको छाक टार्न पनि मुस्किल पर्न थालेको भएपनि महंगी नियन्त्रणमा सरकारले कुनै चासो नदिएको बरु तस्करहरुलाई मात्रै पोस्ने काम गरेको आरोप लगाए । उनले कम्युनिष्ट सरकार निकम्मा सावित भइसकेको हुँदा जनताको आशा निराशामा परिनत हुँदै गएको तर्क गरे ।

अर्का महासमिति सदस्य खिमप्रसाद खरालले कम्युनिष्टको दुई तिहाई सरकारले प्रत्येक व्यक्तिलाई प्यान नम्वर लिनुपर्ने बाध्यकारी व्यवस्था गर्नुले सरकार अधिनायकवादउन्मुख रहेको दाबी गरे । नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तीले आधुनिक कृषिको कुरा गरेर नथाक्ने कम्युनिष्टको सरकारले तस्करसँग मिलेर किसानलाई खेतीको समयमा रासायानिक मल नदिएको बताए । दिनदाहादै व्यक्ति हत्या हुँदा समेत अपराधीलाई आस्थाकै आधारमा चोख्याउने षड्यन्त्र भइरहेको भन्दै उनले आक्रोस पोखे ।

‘आसेपासेलाई कामको ठेक्का मिलाउने र संस्थागत भ्रष्टाचार गर्ने प्रवृति मौलाउँदो छ’ घर्तीले भने ‘नेपाली काँग्रेस र नेपाल तरुणदल भ्रष्टहरुको मुखुण्ड उदाङ्गो पार्दै एक दिन उनीहरुलाई कारवाहीको भागिदार बनाउन लागि पर्नेछ ।’ कोणसभाको सहजीकरण नेपाल तरुण दलका सचिव ध्रुब आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *