दाङ, कात्तिक २७ ।
आज सुनको भाउ तोलामा १२ हजार ६ सय रूपैयाँ घटेको छ ।
आज सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।
कात्तिक २३ गते सुन प्रतितोला दुई लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्यपनि घटेको छ ।
चाँदी तोलामा एक सय ५५ रूपैयाँ घटेको छ । आज चाँदी तोलामा तीन हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।
कात्तिक २३ गते चाँदी प्रतितोला तीन हजार आठ सय ५५ रूपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन आज सुन प्रतिऔंस तीन हजार नौ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार
