
तुलसीपर , असोज ३१ ।
बडादसैं अन्तर्गत आज सातौँ दिन अर्थात फूलपाती ।
आजको दिन बिहानैदेखि हिन्दुधार्मलम्बी सबैले आफ्नो घरमा फूलपाती भित्र्याउन ब्यस्त छन् ।
दसैँको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको फूलपातीको विशेष धार्मिक महत्वव छ ।
जस्लाई शक्तिकी प्रतिक दुर्गा भवानीको आराधनाको रुपमा लिने गरिन्छ । फूलपाती भित्र्याउनुले त्यो घरमा सुख, शान्ति तथा समृद्धि भित्रन्ने बिश्वास रही आएको छ ।
आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा विभिन्न वनस्पति तथा फूलपातीलाई विधिपूर्वक घरमा भित्र्याएर दसैँघरमा स्थापना गर्ने परम्परा छ ।
फूलपाती भित्र्याउन फूल, पाती, धानको बाला, केराको बोट, उखु, अदुवाको बोटलगायत बस्तु चाहिन्छ ।
सहर बजारमा यस्ता सामाग्रीको अभाव हुने हुँदा मानिसहरु फूलपाती भित्याउने ती बस्तु किनमेलमा ब्यस्त रहने गर्छन ।
नेपाली सेना , प्रहरी र सशस्त्र प्रहरीले पनि हर्ष बढाइका साथ फूलपाती भित्र्याउने चलन छ ।
