२०८३ मङ्सिर ७ गते आइतवार

गगन थापाले कांग्रेस सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गी भन्दा कति मत बढी पाए ?

दाङ, असोज २४ ।
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।
। १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्न शुक्रबार भएको मतदानको प्राप्त परिनाम अनुसार सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
गगनका प्रतिपष्र्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । गगनले श्यामकृष्ण भन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका हुन । मतदानमा कुल ७ हजार १३ मत खसेको थियो भने ५४ मत बदर भएको थियो ।
कुल खसेको मतमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गर्दा खड्गीले ५.३५ प्रतिशत मत मात्रै प्राप्त गरे । जसमध्य ०.७७ प्रतिशत मत बदर भएको थियो ।
गत पुस अन्तिममा भएको विशेष महाधिवेशन बाट थापा सभापति बनेका थिए । जस्मा पार्टी सभापति शेरबहादुर देउवासहित शिर्ष नेताहरु भने सहभागि भएका थिएनन् ।
त्यसपछि हाल भएको १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका हुन । यो निर्वाचनमा पनि देउवासहितका पुराना नेता भने सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *