२०८३ असोज २३ गते शुक्रवार

काँग्रेसमा नयाँ नेतृत्व चुन्न मतदान जारी, दाङका बिभिन्न १६ जना प्रतिष्पर्धामा

दाङ, असोज २२ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चुन्न काठमाडौंमा मतदान जारी छ ।
शुक्रबार बिहान ७ बजेपछि ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गण्डकी प्रदेशमा पहिलो मत खसाले पछि मतदान सुरु भएको थियो ।
काठमाडौंस्थित खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी तीन स्थानमा मतदान भइ रहेको छ । मतदानको समय सीमा दिउँसो ३ बजेसम्मलाई तोकिएको छ ।

नयाँ नेतृत्व चुन्न ७ हजार ३१७ प्रतिनिधिले मताधिकार पाएका छन् । उनीहहरुको मतदान बाट २९७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण हुने छ । यद्यपी केही पदहरुमा भने निर्विरोध भइ सकेको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन ।
सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी बीच प्रतिष्पर्धा भइ रहेको छ ।

चार उपसभापतिमध्ये दुई खुला पदका लागि सात जनाका बीचमा प्रतिपष्र्धा भइ रहेको छ । जस्मा दाङका दीपक गिरीसहित चन्द्रकान्त भण्डारी, गोविन्द भट्टराई, चन्द्रमोहन यादव, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे खुलातर्फ प्रतिस्पर्धामा छन् ।

समावेशी तर्फको एक उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरूङ गरी पाँच जना उम्मेदवार छन् ।

तीन जना महामन्त्रीमा दुई खुला पदका लागि आठ जनाका बीचमा प्रतिपष्र्धा भइ रहेको छ ।
जस्मा रोल्पाका अमरसिंह पुन मगरसहित उदयशमशेर राणा, गुरूराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा उम्मेदवार छ्न ।
महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल मैदानमा छन् ।


दाङका १६ जना प्रतिपष्पर्धी को – को छन् ?

१ – दीपक गिरी – उपसभापति
२– योगेन्द्र चौधरी – सहमहामन्त्री
१४ जना केन्द्रीय सदस्यहरु
१ – किरणकिशोर घिमिले – खुल्ला केन्द्रीय सदस्य
२– कमलकिशोर घिमिरेपनि (भूगोल बाट )
३ – प्रचण्डबिक्रम न्यौंपाने – (भूगोल बाट )
४ – अनुराग खड्का –३५ बर्ष मुनीको युवाबाट
५– अनिता देवकोटा – महिला खुल्ला बाट
६ – जगतबहादुर खड्काले –खस आर्यबाट
७– गोबिन्दबहादुर शाह (शम्भू) खुल्ला बाट
८– प्रदीपराज शर्मा –भूगोलबाट
९ – डा. नहकुल केसी – बिज्ञ तर्फ बाट
१० – मोहन लम्साल – बिज्ञ तर्फ बाट
११– गिरिजादेबी न्यौंपानेले – महिला भूगोल बाट
१२ –बाबुराम बिश्वकर्मा – दलित तर्फ बाट
१३– देविका नेपाली घिमिरे – दलित तर्फबाट
१४– लिला नेपाली – दलित महिला तर्फबाट ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *