२०८३ असोज २० गते मङ्गलवार

दाङका किशणकिशोर घिमिरे केन्द्रीय सदस्यमा भिड्ने


दाङ, असोज २० ।

दाङ क्षेत्र नम्बर २ बाट महासमिति सदस्य किरणकिशोर घिमिरेले नेपाली काँग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि उनी २०३६ सालदेखि राजनीतिक क्षेत्रमा लागेका नेता हुन ।
जस्ले विचार र दृष्टिकोणले कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

घिमिरेको परीवार नै राजनीतिमा होमिएको छ ।
जो २०३८ सालमा कांग्रेसले तत्कालीन समयमा गरेको निर्वाचन बहिष्कारका क्रममा हिरासतमा परेका थिए ।
घिमिरे २०४६ र २०६२/ ०६३ को जनआन्दोलन पछि राजनीतिमा सक्रिय छन् ।
जो गत फागनु २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट उम्मेदवार थिए।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *