२०८३ असोज १८ गते आइतवार

दीपक गिरीले काँग्रेस उपसभापतिमा उम्मेदवारी दिने

तुलसीपुर , असोज १८ ।


नेपाली कांग्रेसका नेता दीपक गिरीले उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
पूर्व केन्द्रीय सदस्य गिरीले आफ्नो सामाजिक संजालमा स्ट्याटस लेख्दै १५आंै महाधिवेशनमा पसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पूर्व मन्त्री गिरीले अनुभवी नेतृत्वको मार्ग दर्शन र युवा शक्तिको ऊर्जा एवं सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन चाहेको उल्लेख गरेका छन् ।

साथै उनले अनुभव र युवा बीचको सहकार्यबाट संगठनलाई थप बलियो बनाउँदै कांग्रेसको आगामी यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने चाहाना ब्यक्त गरेका छन् ।
उनी दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशनमा निर्वाचित भएपछि सर्वसम्मत रुपम महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *