२०८३ असोज १३ गते मङ्गलवार

काँग्रेसको रोल्पामा सर्वसम्मत नेतृत्व चयन

दाङ, असोज १३ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत रोल्पामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा दुईवटा प्रदेशसभापतिहरु सोमबार नै सर्वसम्मत रुपमा चयन गरिएका हुन ।
रोल्पाको प्रदेश १ ‘क’को सभापतिमा बिमलकुमार जिसी र प्रदेश १ ‘ख’ को सभापतिमा प्रताप बुढा सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिए ।
गौतमका अनुसार अधिवेशनबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् ।
त्यस्तै दुई वटा प्रदेश क्षेत्रीय अधिवेशन बाट २४ / २४ जना प्रदेश प्रतिनिधि समेत सर्वसम्मत रूपमा चयन भएका छन् ।
रोल्पामा १ नगरपालिका र ९ गाउँपालिकामा गरि ७२ वडाहरु छन् । ती मध्य ७१ वडामा सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत गौतमले बताए ।
जिल्लाको लुङ्ग्री गाउँपालिका –३ मा भने प्राबिधिक कारणले वडा अधिवेशन हुन नसकेको निर्वाचन अधिकृत गौतमले बताए ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *