दाङ, असोज ११ ।
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको माथागढी गाउँपालिका – २ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका – ६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो ।
जिल्ला प्रबक्ता भिमलाल भट्टराईले पहिरोमा परि दुई जनाको मृत्यु भएको जानकारी दिए ।
जिल्लाकै माथागढी – ३ कसेनी भैसीकट्टामा आइतबार विहान झरेको पहिरोले लिलबहादुर घर्ती मगरको घर पूर्ण रुपमा पुरिएको छ ।
घरमा सुतिरहेका ७५ वर्षीय लिलबहादुका साथै १७ बर्षीया दिना घर्ती र छिमेकी १५ बर्षीया झरना घर्ती वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
