प्रिया स्मृती गजमेर, देउखुरी असोज ९ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ अन्तगर्तका चारवटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।
यहाँका दुई पालिकामा सर्बसम्मत नेतृत्व चयन भएपनि दुई पालिकामा भने नेतृत्व चुन्न मतदान भएको छ । लमही नगरपािलका र राजपुर गाउँपालिकामा मतदान मार्फत नेतृत्व चयन भएको हो ।
अधिवेशनबाट लमही नगरपालिकाको सभापतिमा सन्तोष बुढाथोकी, राजपुर गाउँपालिकाको सभापतिमा राम प्रताप यादव, गढवा गाउँपालिकाको सभापतिमा पुरन चौधरी र राप्ती गाउँपालिकाको सभापतिमा विद्या शरण चौधरी निर्वाचित भएका छन ।
लमही
लमही नगरपालिकामा सभापति पदका लागि सन्तोष बुढाथोकी र राजेन्द्र खड्काबीच प्रतिपष्र्धा भएको थियो । बुढाथोकीले १७८ मत प्राप्त गर्दै खड्कालाई पराजित गरे । खड्काले ७३ मत प्राप्त गरे । बुढाथोकी प्यानल बाट एक जना नगर समितिका सदस्य बाहेक अन्य सबै निर्वाचित भएका छन् ।
नगर उपसभापतिमा शंकर चौधरी र किरण चौधरी निर्विरोध निर्वाचित भएका थिए । सचिवमा प्रेम कालाथोकी र सहसचिवमा टेकबहादुर पुन निर्वाचित भए ।
नगर सदस्यतर्फ तुलसा विक, कल्पना पछाई, गोकर्ण केसी, निमा सुनार र सुमित्रा विक निर्विरोध निर्वाचित भए । त्यस्तै केशव महरा, रञ्जित चौधरी र सुन्दर केसी निर्वाचनका माध्यमबाट सदस्यमा निर्वाचित भएका हुन ।
राजपुर
राजपुर गाउँपालिकामा सभापति पदका लागि रामप्रताप यादव र रामसागर यादवबीच प्रतिष्पर्धा भएको थियो । निर्वाचनमा राम प्रताप यादवले १०७ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिष्पर्धी रामसागर यादवले ७४ मत प्राप्त गरे ।
उपसभापतिमा सुवास पुन र धर्मी यादव, सचिवमा राजबहादुर यादव र सहसचिवमा झग्गी सार्की निर्वाचित भएका छन । सहसचिव सार्की भने निर्विरोध चयन भएका थिए।
गढवा
गढवा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सभापतिमा पुरन चौधरी, उपसभापतिमा रमेश बजगाई र निर्मला परियार, सचिवमा पटवारी यादव र सहसचिवमा नारायण केसी छन् ।
राप्ती
यो गाउँपालिकामा पनि सर्वसहमतिका आधारमा नयाँ नेतृत्व चयन गरियो । सभापतिमा विद्या सुन्दर चौधरी, उपसभापतिमा मावुल मोहम्मद र ताराकुमारी चौधरी, सचिवमा सूर्यप्रकाश भण्डारी र सहसचिवमा कमला देवी रेग्मी निर्वाचित भएका छन ।
