
तुलसीपुर , भदौ ३० ।
तुलसीपुर बाट १५ बर्षीय एक किशोर तीन दिनदेखि सम्पर्क बिहिन छन् ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका –६ खागल घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका –६ राजापुरस्थित मामा घरमा बस्दै आएका १५ बर्षीय सुजन महतारा मामा घरबाटै सम्पर्क विहिन बनेको आफन्तले बताएका छन् ।
उनी आइतबार राति १२ बजेतिर घरबाट निस्किएको अनुमान भइ रहेको आमा विनिता महताराले बताइन ।
हालसम्म उनी सम्पर्क बिहिन छन् । गुरुजजुर मावि रक्षाचौरमा कक्षा ९ मा अध्ययनरत सुजनलाई जहाँ भएपनि छिटो सम्पर्कमा आउन आउन आमा बिनिताले आग्रह गरेकी छन् । परिवारले आफन्त तथा उनी जान सक्ने सम्भावित ठाउँमा खोजी गर्दै आएको मामा आशिक केसीले बताए ।
आमा विनिताले सुजनलाई फेला पार्ने वा देख्ने बित्तिकै नकिजको प्रहरीमा खवर गरि दिन आग्रह गरेकी छन् ।
प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार
