२०८३ भाद्र २४ गते बुधवार

लागुऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ

दाङ, भदौ २४ ।


रुकुम पश्चिम प्रहरीले लागु औषध मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका – १ का २९ बर्षीय समिर वली पक्राउ परेका हुन ।


बाँके प्रहरीले जिल्ला अदालत बाँके बाट वली बिरुद्धको पक्राउ पुर्जी भदौ ७ गते लिएको थियो । त्यसउता उनी फरार थिए । खोजी गर्ने क्रममा उनी मंगलबार त्रिवेणी – २ स्थित सिम्रुत बजार बाट पक्राउ परेका थिए ।


जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार वलीका बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंजमा लागु औषध सम्बन्धि मुद्दा रहेको हुँदा आवश्यक कारबाहीको लागि उनलाई बाँके पठाइएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *