
दाङ, भदौ १७ ।
सुर्खेतकी १६ बर्षीया इनिशा बिकको बलात्कार र हत्या प्रकरणमा सर्वौच्च अदालतले तीन बालकलाई छाड्न आदेश दिएको छ ।
यसअघि जिल्ला र उच्च अदालतका फैसलाहरु बेरितका रहेको ठहर गर्दै सर्बौच्चले तीन बालकलाई छोड्न आदेश दिएको हो ।
सर्बौच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार स्तीन बालकलाई थुनामुक्त गरि भिभावकको जिम्मा लगाउन आदेश दिएको हो ।
सर्बौच्चले यो घटनामा पक्राउ पछि हाल बाँकेस्थित सुधार गृहमा राखिदै आएका परिवर्तित नाम वीरेन्द्रनगर (घ), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो ।
इनिशा बिक माथिको बलात्कार र हत्या प्रकरणमा मुख्य अभियुक्त मानिएका उनका प्रेमी बालक परिवर्तित नाम वीरेन्द्रनगर (प) को हकमा भने सबौच्चले त्यस्तो कुनै आदेश दिएको छैन ।
यसअघि सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतले आरोपी मध्येका ३ जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएका थिए । जिल्ला अदालतको २०८२/१२/१७ गतेको थुनछेक आदेश सदर गर्दै उच्च अदालत सुर्खेतले पनि २०८३ /०२४ गते चारै जना बालक पूर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश गरेको थि यो ।
त्यस्का बिरुद्ध निर्दोश ठानिएका तीन बालकको तर्फ बाट अभिभाबक जिल्ला र उच्चको आदेश नमिलेको भन्दै सर्बौच्चमा निबेदन लिएर गएका थिए ।
सर्वौच्च अदालतले भदौ १५ गते यसअघि जिल्ला र उच्चका थुनछेक आदेश बदर गर्दै तीन जना बालकलाई सर्तसहित थुनामुक्त गरी बाबु, आमा वा परिवारका जिम्मेवार अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो । सर्बौच्चले उपलब्ध सिसीटिभी फुटेजको अध्यन तथा विश्लेशन, घटना बारे तीन बालकका साथै मुख्य अभियुक्त मानिएका इनिशका प्रेमी वीरन्द्रनगर (प) समेतको बयानका आधारमा तीन बालकलाई छोड्न आदेश दिएको हो ।
तर, सर्बौच्चले तीन बालकलाई छोड्दा बोलाएको समयमा अदालतमा अनिवार्य उपस्थित हुनुपर्ने, अनुमति बिना बिदेश जान नपाइने जस्ता सर्तहरु भने राखेको छ ।
यसअघि यही घटनामा प्रहरीले पनि सर्बौच्चले छाड्न आदेश दिएका तीन बालकको घटनामा संलग्नता नरहेको तथा उनीहरु इनिशा अत्यधिक रक्तश्राबका कारण गत फागुन २३ गते बिहान अचेत भइ सकेपछि वीरेन्द्रनगर (प) को आग्रहमा सहयोग तथा उद्धारको लागि भनेर घटनास्थल पुगेको कुराहरु आफ्नो प्रतिबेदनमा उल्लेख गरेको थियो । घरबाट ट्युसन पढ्न बिहानै निस्केकी इनिशा त्यो दिन बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
सरकारी वकिल कार्यालयले भने इनिशाको चारै जना बिरुद्ध सामुहिक बलात्कार पछि हत्या गरिएको भन्दै चारै जनाका बिरुद्ध बलात्कार तथा कतब्र्य ज्यान सम्बन्धि मुद्दा दायर गरेको थियो ।
पोष्टमार्टम रिपोर्टले पनि इनिशाको बलात्कार पछि अत्यधिक रक्तश्राबका कारण मृत्यु हुन पुगेको देखाएको थियो ।