२०८३ भाद्र ६ गते शनिवार

काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाले पनि त्यागिन प्राण


तुलसीपुर, भदौ ६ ।
काठमाडौंमा होस्टेलमा बसेर अध्यन गरि रहेका छोराको हत्याको खबर सुनेपछि आमाले पनि प्राण त्यागेकी छन् । दाङको घोराही उपमहानगरपालिका– १७ का २२ वर्षीय बसन्त कालाथोकीको काठमाडौंको महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’ भित्रै शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि यता दाङ घोराही – १७ को ‘हरिद्धारस्थित जनप्रिय टोल’मा ३८ बर्षीया आमा बिना कालाथोकीले पनि आँफुखुसी प्राण त्यागेर सदाको लागि बिदा भएकी छिन् । एकै घरमा छोराको हत्या र आमाले सोही पीडाले प्राण त्यागेपछि टोल नै शोकमा डुेबेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार आमा बिनाले छोरा वसन्तको हत्याको खबर सुन्नासाथ दिउँसो ३ बजेतिर यता दाङस्थित घरमा आमा बिनाले पनि आत्महत्या गरेकी थिइन ।
बिनाले छोराको हत्याको बियोग सहन गर्न नसकी प्राण त्यागेको खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट चौघेरा बाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमाण्डमा २ जना र जिल्ला प्रहरी कार्यालय घोराही बाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो । सो प्रहरीले टोलीले आफ्नो प्रक्रिया पुरा गरि मुचुल्का तयार पारेपछि बेलुका ४ बजेतिर बिनाको शब पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो । शब अझैं प्रष्ठिानको शब गृहमै राखिएको छ ।
वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार छोराको हत्याको खबर पछि आत्महत्या गरेकी बिनाका श्रीमान रोमहर्ष कालाथोकी बिदेशबाट आएपछि मात्रै पोष्टमार्टम गरिने भएको छ । ‘रोमहर्षजी मलेसियामा हुनुहुन्छ,’ उनले भने ‘ उहाँ मलेसियाबाट सोमबार मात्रै हिड्ने कुरा छ । उहाँ आएपछि मात्रै उहाँको श्रीमतिको पोष्टमार्टम हुने छ ।’
वडाध्यक्ष चौधरीका अनुसार हत्या गरिएका छोरा बसन्त अध्यनका लागि काठमाडौंस्थित होस्टेलमा बस्दै आएका थिए भने आमा बिना ११ बर्षीय अर्का छोरा शिशिर संगै घोराहीस्थित घरमा बस्दै आएकी थिइन ।
‘काठमाडौंस्थित होस्टेलमा बसेर अध्यनरत जेठो छोरोको हत्याको खबर आमा बिनालाई एकाएक नसुनाइदिनु पर्ने थियो ,’ वडाध्यक्ष चौधरीले भने ‘छोरा गम्भीर बिरामी भएको वा उपचाररत रहेको कुरा भनिदिएको भए सायद छोराको हत्या पछि आमाले ज्यान गुमाउनु पर्ने अवस्था आउने थिएन होला ।’
जेठो छोरा वसन्तको हत्याको खबर सुनेपछि बिक्षिप्त अवस्थामा पुगेकी आमाले त्यो सहन गर्न नसकी अर्थात आँफुलाई सम्हालन्न नसकेर गलत दिउँसो घरमा एक्लै रहेको अवस्थामा गलत निर्णय लिन पुगेको वडाध्यक्ष चौधरीले बताए ।
‘जेठो छोरोको हत्या भएको खबर सुन्न र कान्छो छोरा पनि बिद्यालयमा भएको अवस्था हुनु,’उनले भने ‘अर्कौ तर्फ श्रीमनपनि बिदेशमा हुनुले संझाइ बुझाइ गर्ने र ढाड्स दिने कोही नहुँदा आमाले गलत निर्णय गरेको अवस्था हो ।’
वडाध्यक्ष चौधरी अनुसार बिनाले छोराको बियोगमा आफ्नो प्राण त्यागेको खबर पछि उनीपनि त्यहाँ पुगेको थिए ।
‘छोराको काठमाडौंमा हत्या हुँदा आमाले त्यो खबर सहन गर्न सनकी दाङस्थित घरमा प्राण त्यागेको कुरा सुनेपछि म आँफै त्यहाँ पुगेको थिँए,’ उनले भने ‘म त्यहाँ पुग्दा घरको ढोका खुल्लै थियो र घर सुनसान थियो । त्यो अवस्था देख्दा मलाई पनि सम्हालिन गाह्रो भएको थियो ।’
वडाध्यक्ष चौधरीका अनुसार आमाले प्राण त्यागेपछि कान्छो छोरा शिशिरलाई उनका हजुर बुवाले आँफु बस्ने घरमा लगेर राखोका छन् ।

घोराही – १७ को हरिद्धारस्थित ‘जनप्रिय टोल’ बिकास संस्थाका अध्यक्ष बिष्णु जिसीका अनुसार काठमाडौंमा हत्या गरिएका २२ वर्षीय बसन्त रोजगारीको खोजीमा फ्रान्स जानका लागि होस्टेलमा बसेर अध्यनरत थिए । उनी बिगत ५ / ६ महिनादेखि काठमाडौंको महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा बसेर भाषा शिक्षाका साथै अन्य तयारी गरि रहेका थिए । वसन्त त्यो बीचमा दाङ आउ जाउ गरि रहन्थे । त्यही बीचमा होस्टेल भित्रै भएको आपसी बिबाद र झगडामा बसन्तको हत्या हुनु र त्यो खबर यता आमा बिनाले सुनेपछि उनले पनि सहन गर्न नसकी आत्महत्या गर्ने गतल बाटो रोजेको हुँदा टोल नै सोगमग्न बनेको जिसीले बताए ।
‘ घरमा कान्छो छोरा शिशिर संगै बस्दै आएकी आमा बिना जेठो छोराको हत्याको खबर पछि बिछिप्त बन्न पुगेको र आँफुलाई सम्हाल्न नसकेर प्राण त्याग्ने गलत बाटो रोजेको देखिन्छ,’ उनले भने ‘ छोराको हत्याको खबर तत्कालै एक्लै बस्दै आएकी आमालाई सुनाइनु वा आमाले सुन्ने परिस्थिति बन्नु सही थिएन । छोराको हत्याको दुःखद खबर नसुनेको भए आज हाम्रो टोलमा एकै साथ आमा छोराको मत्युको शोकमा डुब्ने थिएन ।’
टोलका अध्यक्ष जिसीका अनुसार जे्ठो छोरा वसन्तको हत्याको खबर सुन्दा उनका कक्षा ५ मा अध्यनरत कान्छो छोरा शिशिरपनि पढ्नका लागि स्थानीय ज्ञानोदोय स्कूलमा थिए । कान्छो छोरापनि स्कुलमा हुँदा जेठो छोरोको मृत्युको खबरले बिक्षिप्त बनेकी आमा बिनाले घर भित्रै आफ्नो प्राण त्याग्ने गलत निर्णय लिंदा टोल तथा समाज शोकमा डुबेको उनले बताए ।
एक्लो घरमा बिनाकी आमा आएर हेरचाहा गरि रहेको र उनलाई टोल समाजले संझाउने तथा शानत्वना दिने कार्य गरि रहेको टोलका अध्यक्ष जिसीले बताए । छोरा वसन्तको हत्या पछि श्रीमति बिनाले पनि आत्महत्या गरेको खबर मलेसियामा बस्ने उनका श्रीमान रोमहर्षलाई स्पष्ट रुपमा नबताइएको र तत्काल घर आउन मात्रै खबर गरिएको हुँदा उनी सोमबार मलेसियाबाट हिड्ने तयारीमा रहेको जिसीले बताए ।

जिल्लाका प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार छोरा बसन्तको हत्या पछि आमा बिनालाई काठमाडौंको महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’बाट वार्डेनले फोन गरि तत्काल छोरोको हत्या अर्थात मृत्युको खबर सुनाउने गल्ती गर्दा अर्कौ दुःखद घटना घट्न गएको बताए ।
‘ कम्तिमा होस्टेलका वार्डेन थोरै सजग र जिम्मेवार बन्दिएको भए यो दुःखद घटना घट्ने थिएन होला,’ उनले भने ‘ पढ्न होस्टेलमा बसेको छोरोको मृत्यु र हत्याको खबर एक्लै घरमा बसेकी आमाले सहन गर्ने कुरा मुस्लिक हुन सक्छ भन्ने मानविय संबेदना ख्याल गरिएको देखिएन ।’
बसन्तको कुटपिट तथा धारिलो हतियार प्रहार गरि हत्या गरकेो आरोपमा सोही होस्टलमा बस्दै आएका बाराको कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन् ।
यी दुईले वसन्तलाई टाउको र घाँटी लगाएतमा गम्भीर आक्रमण गर्दा उनी अचेत रहेको अवस्थामा उद्धार गरि उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइएको थियो । त्यही वसन्तलाई उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
वसन्तको हत्या आरोपी शेखर यादवलाई प्रहरीले काठमाडौंबाटै नियन्त्रणमा लिएको थियो भने अर्का आरोपी प्रमित पटेल घटना पछि फरार थिए । उनलाई शुक्रबार दिउँसो मकवानपुरबाट प्रहरीले पक्राउ गरि काठमाडौं लगेको थियो ।
वसन्त हत्याको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *