२०८३ भाद्र ५ गते शुक्रवार

दाङका युवाको काठमाडौंमा हत्या


दाङ, भदौ ५ ।


दाङका एक युवाको काठमाडौंमा हत्या भएको छ ।
दाङको घोराही उपमहानगरपालिका– १७ का २२ वर्षीय बसन्त कालाथोकीको हत्या भएको हो ।


काठमाडौंको महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको थियो ।
सोही होस्टलमा बस्दै आएका कालाथोकीको बाराको कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवले मिलेर कुटपिट तथा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।
टाउको र घाँटी लगाएतमा गम्भीर चोट खेपेका कालाथोकी उद्धार गरि हस्पिटल पुर्‍याउँदा अचेत थिए । उनलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


कलाथोकीको हत्या आरोपी शेखर यादव प्रहरी नियन्त्रणमा छन् । अर्का आरोपी प्रमित पटेल घटना पछि फरार थिए । उनलाई शुक्रबार दिउँसो मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *