२०८३ भाद्र ५ गते शुक्रवार

जिप दुर्घटनामा परि एक जनाको मृत्यु, ६ जना घाइते

दाङ भदौ ५ ।


जाजरकोटमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । थप ६ जना घाइते भएका छन् ।
दुर्घटनाका घाइते मध्य जिल्लाको नलगाड नगरपालिका – १० का २५ बर्षीय बालकृष्ण बोहराको उपचारका क्रममा सर्खेतमा मृत्यु भएको हो ।

छातिमा गम्भीर चोट खेपेका उनलाई जिल्लाको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बेलुका नै कर्णाली प्रादेशकि अस्पाल कालागाउँ सुर्खेतका लागि रिफर गरिएको थियो ।


जिल्ला प्रबक्ता प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार उनको उपचारका क्रममा बेलुकी नै सोही अस्पतालमा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परि नलगाड –१० का २६ बर्षीय गणेश ध्यार , सोही ठाउँकै २६ बर्षकै मानबहादुर बोहरा , ४० बर्षीया सम्झना गहतरा, ३० बर्षीय राजेन्द्र ध्यार, ५२ बर्षीया रत्नाकुमारी बोहरा र १६ बर्षीय निखिल सुनार घाइते छन् । घाइते सबैको अवस्था मध्यम रहेको तथा सबै जनाको जिल्ला अस्पतालमा उपचार जारी रहेको प्रहरी निरीक्षक खड्काले बताए । जिपका चालक नलगाड –८ हलचौरका २४ बर्षीय बिनोद बिक प्रहरी नियन्त्रणमा छन् ।

बिहीबार बेलुका साढे ६ बजेतिर नलगार्ड – ७ दाने पिपलमा लु १ च ८२२७ नम्बरको यात्रुबहाक बलेरो जिप अनियन्त्रित भइ सड्कदेखि करिब १५ मिटर तल खखेको थियो । डोल्पा – जाजरकोट सड्क खण्ड अन्तर्गत जिप नलगाड – ९ ताँत्राबाट दल्लीतर्फ आउदै गर्दा दुर्घटना परेको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *