२०८३ भाद्र २ गते मङ्गलवार

तुलसीपुर निवासी न्यायाधीस गोकर्ण डाँगी सवारी गाडी दुर्घटना, ६ जना घाइते


डाँगीको अवस्था मध्यम हेलिकोप्टर बाट काठमाडौं लैजाने तयारी


दाङ, भदौ २ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका – ९ का ५७ बर्षीय मुख्यन्यायाधीस डाँगीको अवस्था मध्यम रहेको जिल्लाका प्रबक्ता डिएसपी माधवप्रशाद काफ्लेले फोनमा बताए ।
मुख्यन्यायाधीस डाँगीले आफन्त संग फोनमा पनि कुरा गरि रहेका छन् । ‘ उहाँ बोल्न सक्नु हुन्छ र उहाँको अवस्था मध्यम छ,’ डिएसपी काफ्लेले भने । प्रहरीका अनुसार डाँगीको टाउको लगाएत शरिरका बिभिन्न भागमा चोट पटक लागेको छ ।
सोही दुर्घटनामा परि अदालतका रजिष्टार तथा बैतडीको दशरथचन्द नगरपालिका – ७ का ५१ बर्षीय तारादत्त बडु, उनका छोरा २५ बर्षीय रितेन्द्र बडु, छोरी ३१ की रीता बडुको अवस्था मध्यम छ । त्यस्तै रजिष्टार ताराकी श्रीमति ४९ बर्षीया लक्ष्मी बडुको अवस्था भने गम्भीर रहेको डिएस्पी काफ्लेले बताए ।
प्रहरीका अनुसार सो दुर्घटनामा परि चालक दाङको राप्ती गाउँपालिका – ८ का ३२ बर्षीय छुनिलाल चौधरीलाई पनि टाउको लगाएत शरिरका बिभिन्न भागमा चोट पटक लागेको छ । चालक चौधरीको अवस्था पनि मध्यम छ ।
उनीहरु सबैको हाल भीमफेदीस्थित स्वास्थ्य चौकीमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मागिएको पनि प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ८ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार गाडी झन्डै ५० मिटर मुनी खसेको थियो ।
घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *