२०८३ साउन २७ गते बुधवार

सानी भेरीमा दाउरा निकाल्न पसेका युवा डुबेर बेपत्ता

दाङ, साउन २७ ।


रुकु्म पश्चिमस्थित सानी भेरी नदीमा बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन् ।
जिल्लाको सानीभेरी गाउँपालिका – १ टाउकेलेखका २८ बर्षीय प्रेम रोकाय बुधबार बेपत्ता भएका हुन ।


उनी सानीभेरी – २ स्थित गिठाकोटस्थित नदी किनारमा दाउरा निकाल्न नदीमा पसेको समयमा डुबेर बेपत्ता भएका थिए ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *