२०८३ साउन ११ गते सोमवार

पेट्रोल छर्केर आगो लगाएका ३५ बर्षीय युवकको मृत्यु


दाङ , साउन ११ ।


आत्मदहाको प्रयास गरेका धनगडीकी एक युवाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीया ज्योति चौधरीको काठमाडौं लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो ।
कैलालीका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कैलाश बिष्टले सोमबार बिहान ७ बजेतिर घर परिवारका सदस्यले उनको धादिङमा मृत्यु भएपछि शब फिर्ता ल्याएको जानकारी दिएका थिए । ज्योतिको शब धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


ज्योतिले शनिबार बेलुकी पख आफ्नै घरभित्र आँफैले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । शरीरको ६० प्रतिसत बढी जलनमा परेका उनलाई सुरुमा उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगडी लगिएको थियो ।
ज्योतिलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । त्यहाँपनि उपचार संभव नभएपछि परिवारका सदस्यले काठमाडौं लैजाँदै थिए । सोही क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *