काठमाडौं ,असार २३। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंककले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १५२.३४ र बिक्री मूल्य १५२.९४ रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १७३.८४ र बिक्री दर १७४.५३ रहेको छ।
भारतीय रूपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६०.१५ कायम गरिएको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिद दर २०३.११ र बिक्री दर २०३.९१ रहेको छ ।
उच्च मूल्यमा रहेको कुवेती दिनार एकको खरिद दर ४९५ रुपैयाँ २५ पैसा र बिक्री दर ४९७ रुपैयाँ २० पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिद ३९५.६९ र बिक्री दर ३९७.२५ निर्धारण गरिएको छ ।
यसैगरी, जापानी येन १० को खरिद दर ९.३८ र बिक्री दर ९.४२ रहेको छ । चिनियाँ युआन खरिद दर २२.४२ र बिक्री दर २२.५१ कायम गरिएको छ।
प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार