२०८३ असार २२ गते सोमवार

८ बर्ष कैद तोकिएका फरार प्रतिबादी पक्राउ

दाङ, असार २२ ।
रुकुम पश्चिम प्रहरीले आठ बर्ष कैद तोकिएका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
जिल्लाको साबिक खारा गाबिस वडा नं. ७ र हालको त्रिवेणी गाउँपालिका – ५ जिवाङका ४० बर्षीय चन्द्रबहादुर दमाई सोमबार पक्राउ परेका हुन ।
२०६७/१०/०१ गतेको बलात्कार मुद्दामा जिल्ला अदालत रुकुम मुसिकोटले २०७०/०८/२५ गते दमाईलाई ८ बर्ष कैद सजायको फैसला सुनाएको थियो । दमाइ घटना पछि फरार थिए ।
जिल्ला प्रबक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारले दमाइ त्रिवेणी गाउँपालिका – ४ दलसिंङ्गे बाट पक्राउ परेको बताए । दमाइलाई मंगलबार प्रहरीले अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *